बैशाख २३, २०८१, आइतबार
               

बार्सिलोनाद्वारा ओसासुना २–० गोलले पराजित

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गतको फुटबल मा बार्सिलोनाद्वारा ओसासुना २–० गोलले पराजित भएको छ । 

खेलको ३०औँ मिनेटमा बार्सिलोनाका जोडी अल्वाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८३औँ मिनेटमा बार्सिलोनाका सब्सटिच्युटको रुपमा मैदानमा प्रवेश गरेका मोरिवाले गोल गरी टिमलाई जित दिलाए ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ । म्याड्रिडको ३१ खेलबाट ५८ अंक रहेको छ भने बार्साको ३५ खेलबाट ५६ अंक भएको छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ३ अंकले पछि परेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि