जेठ ०२, २०८१, बुधबार
               

बिल्वाओ कोपा डेल रेको फाइनलमा

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

एथलेटिको बिल्वाओले कोपा डेल रेको फाइनलमा स्थान बनाएकाे छ । लेभान्टेमाथि दोस्रो लेगमा २–१ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो । भ्यालेन्सियामा बिहीबार राति भएको खेलमा लेभान्टेले १७ औं मिनेटमा रोजरको गोलबाट अग्रता लिएको थियो । 

३०औं मिनेटमा राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलकाे ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाए । अब बिल्वाओले उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि