जेठ ०१, २०८१, मंगलबार
               

इन्टरमिलानकाे जितमा सान्चेजको दुई गोल

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

इटालियन सिरी 'ए' फुटबलकाे शीर्ष स्थानमा रहेकाे इन्टर मिलानले सानदार जित निकालेको छ । बिहीबारराति भएको खेलमा इन्टरले पर्मालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पर्माको घरेलु मैदानमा भएकाे खेलमा इन्टरलाई जित दिलाउन दवै गोल  एलेक्सिस सान्चेजले गरे । खेलको ५४ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरले २-० को अग्रता बनायो । खेलको ७१ औं मिनेटमा पर्माका हेर्नानीले एक गोल फर्काएपनि इन्टर २-१ ले विजयी भयो ।

यस जितसँगै इन्टरले लिगमा एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ । इन्टरले २५ खेलमा ५९ अंक जोडेको छ । दोस्रो स्थानको मिलानको ५३ अंक छ ।

पर्मा १५ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि