बैशाख २३, २०८१, आइतबार
               

सेफिल्डविरुद्ध लिभरपुलको सहज जित

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

४८औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६४औं मिनेटमा किन ब्रायनले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा २–० को अग्रता लिन सफल भयो । 

जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ । सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि