बैशाख २३, २०८१, आइतबार
               

प्रिमियर लिगमा टोटनह्यामको सानदार जित

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

टोटनह्यामले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बर्नलीमाथि ४-० को सानदार जित दर्ता गरेको छ ।

खेलको दोस्राे मिनेटमा नै ग्यारेथ बेलले टोटनह्यामलाई अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा बेलको पासमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर पारे ।

३१ औं मिनेटमा लुकास मोउराले गोल गरेपछि मोउरिन्होको टोलीले ३-० को आरामदायी अग्रता बनाएको थियो । 

दोस्रो हाफमा टोटनह्यामले बल पोसेसनमा ध्यान दिएको थियो । ५५ औं मिनेटमा सनको पासमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै सानदार जित दर्ता गरे । 

यस जितसँगै टोटनह्यामले २५ खेलमा ३९ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि