बैशाख २३, २०८१, आइतबार
               

जितसँगै आर्सनल दशौं स्थानमा उक्लियो

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा ३–१ गोलअन्तरले पराजित गरेकाे छ । 

किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलकाे छैटौं मिनेटमा युरी टिलेमान्सको गोलबाट लेस्टरले अग्रता लिएको थियो । खेलकाे ३९औं मिनेटमा डेभिड लुइजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ५२औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–१ ले अघि बढाए । 

यो जितसँगै आर्सनल २६ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि