बैशाख २३, २०८१, आइतबार
               

पीएसजीको जित एमबाप्पेको दुई गोल

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा डिजोनमाथि ४–० को सानदार जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलको छैटौ मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ३२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

५१औं मिनेटमा राफिन्हाको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पीएसजी सहज जिततर्फ अग्रसर बन्यो । ८२औं मिनेटमा डानिलो पेरेइराको गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए ।

यो जितसँगै दोस्रो स्थानमा उक्लिएको पीएसजीको २७ खेलबाट ५७ अंक पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि