बैशाख २३, २०८१, आइतबार
               

२७ औं खेलसम्म म्यानचेस्टर सिटी अपराजित, शीर्षस्थानको अग्रता बलियो

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएकाे छ । आज सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडलाई पराजित गर्दै अंक सुधार गरेकाे हाे । 

सिटीले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो । इतिहाद स्टेडियममा शनिबार सम्पन्न खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा रुवेन डियासको गोलबाट अग्रता लिएको थियो । ४३औं मिनेटमा मिचेल एन्टेनियोले जेसे लिङ्गार्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलकाे ६८औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । यो जितसँगै सिटीको २६ खेलबाट ६२ अंक पुगेको छ । सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १३ अंकले पछि पारेको छ । युनाइटेडको २५ खेलबाट ४९ अंक छ ।


कस्तो लाग्यो ?

यो पनि