बैशाख १६, २०८१, आइतबार
               

स्वास्थ्यको लागि खेलकूद आवश्यक : मुख्यमन्त्री पौडेल

नेपाल फ्ल्यास
फागुन १५, २०७७

डोरमणि पौडेल, मुख्यमन्त्री, बाग्मती प्रदेश
ADVERTISEMENT

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक पर्ने बताएका छन् ।

 हेटौँडाको हुप्रचौरमा शुक्रबारबाट सुरु भएको मेयरकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले हरेक स्थानीय तहमा रङ्गशाला निर्माण गर्ने अभियानलाई प्राथमिकतामा राखेको जनाउँदै अन्तर्राष्ट्रियस्तरका खेलमैदानहरु निर्माण गरेर अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्नसके आर्थिकरुपमा समेत फाइदा पुग्ने बताए ।

पौडेलले हेटौँडाको गौरीटार रङ्गशालामा प्रदेश सरकारले फुटबल मैदान निर्माण गरेको र प्यारापिट निर्माणको कामसमेत शुरु गरेको जानकारी दिए । शुक्रबारबाट सुरु भएको मेयरकप प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । नगर खेलकूद विकास समिति हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेतालाईरु दुई लाख र उपविजेतालाई एक लाख ५० हजार रुपैयाँप्रदान गरिने जनाइएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । 

यो पनि