बैशाख ०६, २०८१, बिहीबार
               

लेष्टर सिटी युरोपा लिगबाट बाहिरियो

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ ।

बिहीबार राति सम्पन्न अन्तिम ३२ को दोस्रो लेगमा एसके स्लाभियासँग २-० गोल अन्तरले पराजित हुँदै लेष्टर सिटीले युरोपा लिगबाट बिदा लिनु परेकाे हाे । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको लेष्टरले दोस्राे लिगमा स्लाभियासँग २-० ले पराजित भएकाे हाे । 

घरेलु मैदानमा स्लाभियालाई जित दिलाउन खेलकाे ४९ औं मिनेटमा लुकासले गोल गर्दै स्लाभियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दै घरेलु टोलीलाई २-० को जित दिलाए । जितसँगै स्लाभियाले अन्तिम १६ मा स्थान बनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि