बैशाख १२, २०८१, बुधबार
               

एट्लेटिकोमाथि चेल्सीको संघर्षपूर्ण जीत

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा चेल्सीले एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । उक्त जीतमा फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले उत्कृष्ट गोल गरेको थियो । 

खेलको ६८ औं मिनेटमा ओभरहेड किकमा गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन् । उक्त गोललाई रेफ्रीले सुरुवातमा  अफसाइड भन्दै मान्यता दिएका थिएनन् । तर भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा रिभ्यु गर्दा बल एट्लेटिकोका मारियो हर्मोसोलाई लागेर आएको देखिएपछि गोल मान्य भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि