बैशाख १५, २०८१, शनिबार
               

अस्ट्रेलियन ओपनको च्याम्पियन बनिन् जापानकी ओसाका

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

जापानकी नाओमी ओसाका सन् २०२१ को अस्ट्रेलियन ओपन टेनिसको विजेता बनेकी छिन् । योसँगै उनले चौथो ग्रान्ड स्लाम हात पार्न सफलता हात परिन्।

२३ वर्षकी ओसाकाले अमेरिकाकी २२ औँ वरियताकी जेनिफर ब्राडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन् । ओसाकाले शनिबारको फाइनलमा जेनिफरमाथि ६–४ र ६–३ को जित निकालेको बिबिसीले जनाएको छ । योसँगै ओसाका अस्ट्रेलियन ओपन दुईपटक जित्ने १२ औं महिला खेलाडी पनि बनेकी छिन् ।

सेमिफाइनलमा ओसाकाले चिर्चित अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

सन् २०१८ को अमेरिकन ओपनको फाइनलमा पनि विलियन्स ओसाकासँग पराजित भएकी थिइन्।


कस्तो लाग्यो ?

यो पनि