बैशाख ३०, २०८१, आइतबार
               

बार्सिलोनामाथि पिएसजीको शानदार जित

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४-१ को शानदार जित दर्ता गरेको छ ।

अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सुदृढ नतिजा निकालेको हो । खेलको २७ औं मिनेटमा मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अघि बढाए । तर बार्सिलोनाको अग्रता ५ मिनेट पनि टिक्न सकेन । पिएसजीले एमबाप्पेको गोलमा खेल बराबरी बनाए । 

दोस्रो हाफको ६५ औं मिनेटमा पिएसजीले एमबाप्पेकै गोलमा अग्रता लियो । त्यसको ५ मिनेटपछि इटालियन फरवार्ड मोइस किनले अग्रता दोब्बर पारे ।  खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । योसँगै पिएसजीले ४-१ को जित पक्का गरे । अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ । 

 


कस्तो लाग्यो ?

यो पनि