बैशाख ३०, २०८१, आइतबार
               

टाइगर कप : महिला उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

पोखरामा जारी टाइगर कप भलिबलअन्तर्गत महिलातर्फको उपाधिका लागि नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

एपिएफले शुक्रबार पोखरा रंगशालमा भएका खेलमा होंगान्जी न्यु डाइमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । एपिएफले पहिलो र दोस्रो सेट समान २५–२१ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५–२३ ले जितेको थियो । पहिलो खेलमा पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको एपिएफले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटले पराजित गरेको थियो ।  

न्यु डाइमन्डले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेट र दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि