बैशाख २९, २०८१, शनिबार
               

गण्डकी टाइगर कपको फाइनलमा

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

पोखरामा जारी टाइगर कपको फाइनलमा गण्डकी प्रदेशले स्थान बनाएकाे छ ।  नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी पुरुषतर्फ फाइनलमा प्रवेश गरेको हाे ।

गण्डकीले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले २९–२७ को रोमाञ्चक जित निकाल्न सफल भयो । तेस्राे सेट २५–१४ को सहज जित हात पार्दै फाइनलमा पुग्न सफल भयो ।

अब गण्डकीले उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।


कस्तो लाग्यो ?

यो पनि