बैशाख १७, २०८१, सोमबार
               

टाइगर कपमा पुलिसको शानदार जित

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

विभागीय टिम नेपाल पुलिस क्लब महिला टिमले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सानदार सुरुवात गरेको हो । विभागीय डर्बीमा पुलिसले एपीएफमाथि २६-२४, २५-२२ र २५-११ को सेटमा जित निकालेकाे हाे । जितसंगै पुलिसले ३ अंक जोडेको छ ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि