बैशाख १७, २०८१, सोमबार
               

राष्ट्रिय महिला लिग : एपिएफको शानदार जित

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

राष्ट्रिय महिला लिगमा विभागीय नेपाल एपिएफ क्लबले चौदन्डीगढी नगरपालिका उदयपुरमाथि १४–० को फराकिलो जित निकालेको छ ।

खेलको चौथो मिनेटमा सावित्रा भण्डारीको गोलबाट एपिएफले खेलमा १–० को अग्रता लिएको थियो । गोलरक्षक सुस्मिता राई अघि बढेको अवस्थामा अनिता केसीले मिलाईदिएको पासमा साबित्राले खाली पोस्टमा गोल गरिन् ।

१८औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । २४औं मिनेटमा अनिता केसीले सावित्रा भण्डारीको पासमा गोल गर्दै एपिएफलाई ३–० ले अघि बढाइन् । ३६औं मिनेटमा सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा एपिएफले खेलमा ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

३९औं मिनेटमा अनिता केसीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दा एपीएफ खेलमा ५–० ले अघि बढ्यो । ४३औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दा एपिएफले पहिलो हाफमा ६–० को अग्रता लिन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै एपिएफलाई पहिलो हाफमा ७–० को अग्रता लिन सफल भयो ।

५३औं र ५६औं मिनेटमा सावित्राले गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गर्दा एपिएफ ९–० ले अघि बढ्यो । ६४औं मिनेटमा कप्तान अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफले खेलमा १०–० ले अग्रता लिन सफल भयो । ७१औं मिनेटमा सावित्राले व्यक्तिगत सातौ गोल गर्दै एपिएफलाई ११–० ले अघि बढाइन् ।

७५औं मिनेटमा अनु लामाले गोल गर्दै एपिएफलाई १२–० ले अघि बढाइन् । ७९औं मिनेटमा सव्सिच्युट रविना गोलेले गोल गर्दै एपिएफलाई १३–० ले अघि बढाइन् । ८६औं मिनेटमा सावित्राले व्यक्तिगत नवौं गोल गर्दै एपिएफलाई १४–० ले अघि बढाइन् ।

जितसँगै अपराजित रहेको एपिएफको ७ खेलबाट २१ अंक पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि