बैशाख १७, २०८१, सोमबार
               

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पिएसजीको जित

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

एजेन्सी । स्टार फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे ।

मार्सेलीको मैदानमा नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा दिमित्री पायटले रातो कार्ड पाएपछि अन्तिम केहि समय मार्सेली १० खेलाडीमा समेटिएको थियो ।

मार्सेलीविरुद्धको जितसंगै पीएसजीले शीर्ष स्थानको लिलसँगको अंक दूरी कम गर्न सफल भएको छ ।

पीएसजीले २४ खेलमा ५१ अंक जोडेको छ । तेस्रो स्थानको पीएसजी लिल भन्दा ३ अंकले पछि रहेको छ ।

लिल ५४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मार्सेली ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि