बैशाख १७, २०८१, सोमबार
               

फ्रेन्च लिग वानमा पीएसजीको जित

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

विवादका बीच गएराति सम्म फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेलाई पराजित गरेकाे छ । उक्त खेलमा पीएसजीका ३ तथा मार्सेका २ खेलाडीले रातो कार्ड पाएका थिए । पीएसजीका लेभिन कुर्जावा, लियान्द्रो डेनियल पारेडेस र नेयमारले रातो कार्ड पाउदा मार्सेका जोर्डन अमाभी र डारियो बेनेडेटियोले रातो कार्ड पाएका थिए ।

मार्सेमा आइतबार राति भएको खेलको नवौं मिनेटमा नै एमबाप्पेले गोल गर्दै पीएसजीलाई १–० का अग्रता दिलाए । २४औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । 

जितसँगै पीएसजी २४ खेलबाट ५१ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि