बैशाख १७, २०८१, सोमबार
               

साविक विजेता लिभरपुलमाथि म्यानचेस्टर सिटीकाे जित

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साविक विजेता लिभरपुललाई पराजित गरेकाे छ । एनफिल्डमा आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४–१ ले पराजित गरेकाे हाे । 

खेलकाे ४९औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई १–० को हग्रता दिलाए । ६३औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७३औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए ।

७६औं मिनेटमा रहिम स्टर्लिङले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई जिततर्फ अघि बढाए । ८३औं मिनेटम गाब्रियल जेससको पासमा फिल फोडेनले गोल गर्दै लिभरपुललाई ४–१ को लज्जास्पद हार चखाए । 

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २२ खेलबाट ५० अंक पुगेको छ । पराजित लिभरपुल २३ खेलबाट ४० अंक जोडेर चौथो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि