जेठ ०२, २०८१, बुधबार
               

युभेन्टसको जितमा रोनाल्डोकाे गोल

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

इटालियन सिरी ‘ए’ मा युभेन्टसले रोमालाई पराजित गरेको छ । युभेन्टसले खेलको १३औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । खेलको ६९औं मिनेटमा रोजर इवानेजले आत्मघाती गोल गरेपछि युभेन्टस सहज जिततर्फ अघि बढेको थियो ।

यो जितसँगै युभेन्टस २० खेलबाट ४२ अंक जोडेर रोमालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित रोमा ४० अंक जोडेर चौथो स्थानमा झरेको छ ।


कस्तो लाग्यो ?

यो पनि