जेठ ०२, २०८१, बुधबार
               

एस्टन भिल्लाकाे संघर्षपूर्ण जित

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले आर्सनलमाथि संघर्षपूर्ण जित दर्ता गरेकाे छ । गएराति भएको खेलमा आर्सनल घरेलु टोलीसँग १–० ले पराजित भएको हो ।

 घरेलु टोलीको जितमा ओले वाटकिन्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा बर्टान्ड ट्राओरेको पासमा गोल गरेका थिए । भिल्लाले सुरुवातमै लिएको अग्रता अन्तिमसम्म जोगाउदै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

यो जितसँगै एस्टन भिल्ला २१ खेलबाट ३५ अंक जोडेर आठौं स्थानमा उक्लदा पराजित आर्सनल २३ खेलबाट ३१ अंक जोडेर १०औं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि