जेठ ०२, २०८१, बुधबार
               

नेसनल वुमेन्स लिगका दोस्रो चरणका खेलहरु आजदेखि

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौँ । नेसनल वुमेन्स लिग (राष्ट्रिय महिला लिग) फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।

दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ ।

आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ ।

जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ । जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित रहेको छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौथो स्थानमा रहेको छ । वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ र ३ अंक जोडेको चन्द्रपुर छैटौ स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि