जेठ ०२, २०८१, बुधबार
               

टोटेनहमविरुद्ध चेल्सी विजयी

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएकाे खेलमा टोटेनहम हस्टपरलाई चेल्सीले पराजित गरेकाे छ । 

टोटेनहम स्टेडियममा बिहीबार राति भएको खेलमा टोटेनहमका इरिक डाएरले चेल्सीका खेलाडी वेर्नरमाथि फल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी दिएकाे थियो । त्यसपछि पाएकाे पेनाल्टीमा जर्गिन्होले २४औं मिनेटमा गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए ।

यो जितसँगै चेल्सी २२ खेलबाट ३६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहम २१ खेलबाट ३३ अंक जोडेर आठौं स्थानमा  छ ।


कस्तो लाग्यो ?

यो पनि