जेठ ०२, २०८१, बुधबार
               

लिभरपुल ब्राइटनद्वारा पराजित

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुल पराजित भएको छ । गएरातिको खेलमा ब्राइटनले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको छ । ब्राइटनका स्टिभन अल्जाटेले खेलको ५६औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो हारपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि डिफेन्ड गर्ने अभियानमा ठुलो धक्का लागेको छ । लिभरपुलको २२ खेलमा ४० अंक रहेको छ र शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलमा ४७ अंक रहेको छ । एक खेल कम खेलेको सिटी लिभरपुलभन्दा ७ अंकले अगाडि रहेको छ । त्यस्तै, ब्राइटनको २२ खेलमा २४ अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगअन्तर्गत गएराती नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । सिटीको जितमा गाब्रियल जिसस र रहिम स्टरलिङले एक एक गोल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि