जेठ ०२, २०८१, बुधबार
               

दुई गोलले पछि परेकाे बार्सिलोनाकाे उत्कृष्ट जित

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

बार्सिलोनाले दुई गोलले पछि परेको स्थितिउल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाएकाे छ । बार्सिलोनाले घरेलु टोली ग्रानडामाथि ५–३ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

ग्रानडामा बुधबारराति भएको खेलमा घरेलु टोली ग्रानडाले खेलको ३३औं मिनेटमा केनेडीको गोलबाट अग्रता लिएको थियो ।  ४७औं मिनेटमा एन्जल मोन्टोरोको पासमा रोबर्टाे सोल्डाडोले गोल गर्दै ग्रानडाको अग्रता दोब्बर पारे ।

तर, अन्तिम समयमा बार्सिलोनाले दुई गोल गर्दै खेललाई अतिरित्त समयमा लम्ब्याए । ८८औं मिनेटमा एन्टोइन ग्रिजम्यानले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्कने संकेत दिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोर्डी अल्वाले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याउदै खेललाई अतिरिक्त समयमा लम्ब्याए । 

१००औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई ३–२ ले अघि बढाए । तर १०३औं मिनेटमा फेडे भिकोले पेनाल्टीमा गाल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

१०८औं मिनेटमा फ्रान्की डि जोङले तथा ११३औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई ५–३ को जित दर्ता गरेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि