जेठ ०२, २०८१, बुधबार
               

हेटौंडा गोल्डकप सेमिफाइनलमा आज विजय युथ र बागमती भिड्दै

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

मकवानपुर । हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक विजय युथ क्लब, हेटौंडा र बागमती युवा क्लब सर्लाहीबीच सेमिफाइनल खेल हुँदैछ । 

दिउँसो ३ बजे वन-विज्ञान अध्ययन संस्थानको खेल मैदानमा खेल सुरु  हुनेछ । आज जित्ने टिमले फाइनल उपाधिका लागि सेन्ट्रल कलेज भरतपुरसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । 

गोल्डकपको हिजो (मंगलबार) को सेमिफाइनल खेलमा हर्दी युवा समाज राप्तीलाई हराउँदै भरतपुरले फाइनलको यात्रा तय गरेको थियो । 

प्रतियोगितामा विजयी टिमले उपाधिसहित नगद ३ लाख रुपैयाँ नगद हात पार्नेछ भने उप-विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ‌।


कस्तो लाग्यो ?

यो पनि