जेठ ०२, २०८१, बुधबार
               

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

कोपा इटालिया लिगकाे पहिलो सेमिफाइनलमा युभेन्टसले  इन्टर मिलानलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । दुवै गोल सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गरे ।  

मिलानोमा मंगलबारराति भएको खेलको नवौं मिनेटमा लोउटारो मार्टिनेजको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए । एक गोलले पछि परेकाे युभेन्टसले जित दर्ता गरेकाे हाे । 

२६औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट युभेन्टस खेलमा फर्कियो । एस्ले योङले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो ।

३५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । सेमिफाइनलको दोस्रो लेग युभेन्टसको मैदानमा १० फेब्रुअरीमा हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि