जेठ ०२, २०८१, बुधबार
               

आर्सनलमाथि वुल्भ्सको पुनरागमन जित

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वुल्भ्सले आर्सनलमाथि २-१ को पुनरागमन जित निकालेकाे छ ।

घरेलु मैदान मोलिनेअक्स स्टेडियममा मंगलबार राति भएको खेलमा वल्भ्सको जितमा रुवेन नेभेस र जोओ मौटिन्होले गोल गरे । आर्सनलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो ।

घरेलु मैदान मोलिनेअक्स स्टेडियममा मंगलबार राति भएको खेलमा वल्भ्सको जितमा रुवेन नेभेस र जोओ मौटिन्होले गोल गरे । आर्सनलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो ।

खेलको नवौं मिनेटमा नै बुकायो साकाले गोल गरे पनि भिएआरबाट मान्यता नपाउदा आर्सनल अग्रता लिनबाट चुकेको थियो । ३२औं मिनेटा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १–० ले अघि बढाए । उनले एलसान्द्रे लाकाजेटको पासमा गोल गरका थिए ।

पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्सनल १० खेलाडीमा समेटियो । पेनाल्टी बक्समा विलियन जोसलाई डेभिड लुइजले गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा रहँदा फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा रुवेन नेभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा सुरुमै वल्भ्सले खेलमा २–१ को अग्रता लिन सफल भयो । पेड्रो नेटोको पासमा जोओ मौटिन्होले गोल गर्दै वल्भ्सलाई अघि बढाए । ७२औं मिनेटमा आर्सनल ९ खेलाडीमा समेटियो । गोलरक्षक बन्ड लेनो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । नेल्सन सेमेडोको प्रहारलाई लेनोले पेनाल्टी बक्स बाहिर आएर हातले क्लियर गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो । 

हारसँगै आर्सनल २२ खेलबाट ३१ अंकसहित दशौँ स्थानमा धकेलिएको छ । वुल्भ्स भने २६ अंकसहित १४ औँ स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि