जेठ ०३, २०८१, बिहीबार
               

साउथह्याम्टनको पोस्टमा युनाईटेडको ९ गोल

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ९ खेलाडीमा समेटिएको साउथह्याम्टनमाथि ९–० को सानदार जित हात पारेको छ ।

मंगलबारराति भएको खेलकाे दोस्रो मिनेटमै अलेक्जेन्ण्डर जान्किटजले रातो कार्ड खाएपछि साउथह्याम्टन १० खेलाडीमा सीमित भएको थियो ।  एलेसान्द्रे जान्कीविट्जले स्टक म्याकटोमिनेमाथि खराव ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।

१८औं मिनेटमा आरोन वान बिशाखाले गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए । २५औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै अग्रता दोब्बर पारे ।

३४औ मिनेटमा जान बेडनारेकले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा ३–० को अग्रता लियो । ३९औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए ।

६९औं मिनेटमा एन्थोनी मार्सियालले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै खेललाई ५–० ले अघि बढाए । ७१औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई फराकिलो जिततर्फ अभघि बढाए । 

८६औं मिनेटमा जान बेडनारेकले मार्सियालमाथि पेनाल्टी बक्समा फल गरेपछि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि साउथह्याम्टन ९ खेलाडीमा समेटिन पुग्यो ।

त्यसपछि युनाइटेडले थप तीन गोल गरेको थियो । त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गरे । ९०औं मिनेटमा मार्सियालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गर्दै युनाइटेडलाई ८–० ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा ड्यानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ९–० को फराकिलो जित दिलाए

जितसँगै युनाईटेड २२ खेलबाट ४४ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको म्यानचेष्टर सिटी समान ४४ अंकका साथ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । तेस्रो स्थानको लिभरपुलको भने ४० अंक छ ।


कस्तो लाग्यो ?

यो पनि