जेठ ०३, २०८१, बिहीबार
               

राष्ट्रिय महिला लिग : वालिङको दोस्रो जित

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङजाको वालिङ नगरपालिकाले दोस्रो जित दर्ता गरेको छ । मंगलबार सम्पन्न खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरी लिगमा दोस्रो जित दर्ता गरेको हो ।

वालिङको जितमा विदेशी खेलाडी मेथो रुटले दुई तथा टोउटा ओर्नेलाले १ गोल गरिन् । जारी प्रतियोगितामा रुथको गोल संख्या नौ पुगेको छ ।

जितसँगै वालिङले ६ खेलमा दुई जित र दुई बराबरीका साथ आठ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि