बैशाख ३०, २०८१, आइतबार
               

नेपालले पहिलोपटक एशियन च्याम्पियनसिप भलिबलमा भाग लिने

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । एशियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टोलीले एशियन च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।

च्याम्पियनसिप चीनको जियाङमेनमा आगामी भदौ १३ देखि २० गतेसम्म हुने नेपाल भलिबल संघले जनाएको छ । नेपालले पहिलोपटक एशियन च्याम्पियनसिपमा भाग लिन लागेको हो । संघको गत पुस २ गते बसेको बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको थियोे। १६ टोलीको सहभागिता रहने च्याम्पियनसिपका लागि आयोजकसहित १० टोलीको छनोट भइसकेको छ।

सेन्ट्रल जोन, मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनै पनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरी बैठकले निर्णय गरेको हो । गत वर्ष नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको महिला टिमले ऐतिहासिक रजतपदक जितेको थियो । 


कस्तो लाग्यो ?

यो पनि