जेठ ०२, २०८१, बुधबार
               

हुम्ला फुटबल ऐकेडेमीलाई ६ लाखभन्दा बढीको सहयोग प्राप्त

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

हुम्ला फुटवल ऐकेडेमीलाई ६ लाख भन्दाको खेलकुदका सामाग्री र नगद सहयोग प्राप्त भएको छ । हिमाली जिल्ला हुम्लाको खेलकुद क्षेत्रको विकासका लागि यसरी प्राप्त हुने सामाग्रीहरु संस्थागत तथा ब्यक्तिगत रुपमा रहेको हो ।

भर्खर दर्ता भई स्थापना भएको ऐकेडेमीलाई सहयोग गर्नेमा अखिल नेपाल फुटवल संघका उपाध्यक्ष उमेन्द्रमान सिंहले बीस थान फटबल र जर्सी सहयोग गरेका छन् ।

त्यसैगरी केही दिन अगाडी ३० थान फुटवल र दुई वटा पम्प सहयोग प्राप्त भई सकेको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए । त्यसैगरी अध्यक्ष रावतले स्वम आफै चार लाख मुल्यका खेल सामाग्री प्रदान गरेका छन् । अन्य नेपाल र तथा बिदेशमा रहनु हुने ब्यक्तिबाट पनि डेढ लाख नगद सहयोग प्राप्त भएको हो ।

यो सहयोगले पछाडी परेको हुम्लाको खेल क्षेत्रको बिकासका लागि सहयोग पुग्ने अध्यक्ष रावतले बताए । आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा ऐकेडेमीले खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

यसका लागि यो सहयोग बरदान साबित हुने देखिएको ऐकेडेमीले जनाएको छ। दुर्गमको खेल क्षेत्रको बिकासका लागि देश बिदेशबाट सहयोग प्राप्त हुनुले खेलकुद गतिबिधि अगाडी बढाउन सहयोग पुग्ने बिस्वास गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि