जेठ ०२, २०८१, बुधबार
               

राष्ट्रिय महिला फुटबलमा आज वालिङ र चन्द्रपुर खेल्दै

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दै छन् ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ ।

वालिङ र चन्द्रपुर दुवै टोली दोस्रो जितको खोजीमा छन् ।

विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ ।

५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।

 


कस्तो लाग्यो ?

यो पनि