जेठ ०२, २०८१, बुधबार
               

चौदन्डीगढीको पोस्टमा एपीएफकाे २२ गोल

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२–० को फराकिलो जित निकालेको छ ।

एपिएफको जितमा फरवार्ड सावित्रा भण्डारीले १२ गोल गरे । कप्तान अनु लामाले ५, अनिता बस्नेतले ह्याट्रिक, सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए । एक पक्षीय बनेको खेलमा एपिएफले पहिलो हाफमा नै १२–० को फराकिलो अग्रत लिदा दोस्रो हाफमा १० गोल गरेको थियो ।

यो जितसँगै अपराजित रहेर एक गोल पनि नखाएको एपिएफको ६ खेलबाट १८ अंक पुगेको छ । एपिएफले दोस्रो स्थानको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ८ अंकले पछि पारेको छ ।


कस्तो लाग्यो ?

यो पनि