जेठ ०३, २०८१, बिहीबार
               

लिभरपुलको महत्वपूर्ण जित हुँदा लेस्टर सिटीलाई तनाव

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुलले जित हात पारेको छ । लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३-१ ले हराएको हो ।

वेष्ट ह्याम को घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सालहले २, जर्जिनियो विनाल्डमले १ गोल गरे । वेष्ट ह्यामका लागि १ गोल डवसनले गरेका हुन् । जितसँगै २१ खेलबाट ४० अंक बनाएको लिभरपुल लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।

गएराति नै भएको खेलमा शीर्षको होडमा रहेको अर्को टोली लेस्टर सिटी लिड्स युनाइटेडसँग ३-१ ले पराजित हुँदा लिभरपुललाई फाइदा पुगेको हो । हारसँगै चौथो स्थानमा झरेको लेस्टर सिटीको २१ खेलबाट ३९ अंक छ ।

शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा लिभरपुल ४ अंकले पछि छ । सिटीको २० खेलबाट ४४ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ४१ अंक पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि