जेठ ०२, २०८१, बुधबार
               

म्यानचेस्टर सिटीद्वारा युनाइटेड १–० गोलले पराजित

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा म्यानचेस्टर सिटीले  शेफिल्ड युनाइटेडलाई १–० गोलले पराजित गरेको छ । गएराति भएको खेलमा घरेलु टिम सिटीको जितमा गाब्रियल जेसुसले गोल गरेका थिए ।

उनकै एक मात्र गोल सिटीले स्पष्ट तीन अंक प्राप्त गरेको हो । खेलको नवौँ मिनेटमै फेरान टोरेसको क्रस पासमा गाब्रियल जेसुसले गोल गरेका थिए । पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको छ ।

शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ । यता, न्यु क्यासलले एभर्टनलाई २–० गोलले हराँदा क्रिस्टल प्यालेसले वुल्भ्सलाई १–० ले पराजित गरेको छ ।

साथै, एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले पराजित गर्दा फुलहाम र वेस्ट ब्रुम भने २–२ गोलको बराबरीमा रोकिएको छ । उक्त जितसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीले २० खेलबाट ४४ अंक बनाउँदा बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २१ खेलबाट ४१ अंक बनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि