जेठ ०१, २०८१, मंगलबार
               

बिल्बाओ ‘स्पेनिस कोपा डेल रे फुटबल’को क्वार्टरफाइनलमा

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

एजेन्सी । एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम आठमा पुगेको छ ।

बिहीबार राति एल्कोयानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बिल्बाओले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

एल्कोयानोको मैदानमा एक गोलले पछि परे पनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको ३९औँ मिनेटमा पाब्लो कार्वोनेलको गोलबाट एल्कोयानोले सुरुवाती अग्रता बनाएको थियो ।

५३औँ मिनेटमा एसिएर भिल्लालिब्रेले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा फर्काए । ७८औँ मिनेटमा इनाकी विलियम्सले गरेको गोल निर्णायक बन्यो र अन्ततः बिल्बाओले खेल २-१ को जित्यो ।


कस्तो लाग्यो ?

यो पनि