जेठ ०१, २०८१, मंगलबार
               

रोनाल्डोविनै युभेन्टसको सानदार जित

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । रोनाल्डोविनै युभेन्टसले सानदार जित निकालेको छ । युभेन्टस् कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एसपालमाथि ४-० गोल सानदार पजत निकाल्दै युभेन्टस् सेमिफाइनलमा पुगेको हो ।

युभेन्टसको जितमा गियानलुका फ्राबोटा, डेजान कुलुसेभ्सकी, अल्भारो मोराटा र फेडेरिको चिएसाले एक–एक गोल गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डोलाई आराम गराइएको थियो ।

अब कोपाको सेमिफाइनलमा युभेन्टसले इन्टर मिलानको सामना गर्ने भएको छ । एटलान्टा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ भने एटलान्टाले अब सेमिफाइनलमा नापोली र स्पेजियाबीचको विजेतासँग खेल्नेछ ।


कस्तो लाग्यो ?

यो पनि