जेठ ०१, २०८१, मंगलबार
               

यस्ता छन्, क्यानकाे महत्त्वपूर्ण ३ निर्णयहरू

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे विजेताले नगद १० लाख रुपैयाँ पाउने भएको छ । मंगलबार बसेकाे क्यान बाेर्ड बैठकले १० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । यस्तै उपविजेताले ५ लाख र सेमिफाइनलिस्ट टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।

यसैगरी प्लअर अफ दि सिरिजले ५० हजार तथा बेस्ट बलर र ब्याट्सम्यानले २५ हजार रुपैयाँ पाउनेछन् । सेमिफाइनलदेखि म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ पाउने क्यानले जनाएकाे छ ।

यस्तै बैठकले राष्ट्रिय क्रिकेट टिमकाे बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु गर्ने निर्णय गरेकाे छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देभ वाटमोरलाई नियुक्त गरेपछि पहिलो पटक उनकाे प्रशिक्षणमा प्रशिक्षण हुन लागेकाे हाे । वाटमोर अहिले मैदानमै गएर नेपाली खेलाडीहरूकाे खेल प्रत्यक्ष नियालिरहेका छन् । क्यानले गत पुस २ गते खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । फेब्रुअरी ९ देखि १२ सम्म कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनले आयोजना गर्ने बायाल्याट्रल टी २० आई सिरिजमा नेपालको राष्ट्रिय टिमलाई सहभागी गराउने निर्णय मंगलबारको क्यान बोर्ड बैठकले गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि