जेठ ०१, २०८१, मंगलबार
               

आर्मीमाथि एपीएफको शानदार जित

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ ।

मंगलबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गरेकाे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलकाे २७औं मिनेटमा अन्जली योन्जनले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । सावित्रा भण्डारीले पेनाल्टी बक्स बाहिरबाट उपलब्ध गराए पासमा अञ्जलीले गोल गरिन् । 

पहिलो हाफको इन्जुरी टाइममा सावित्राकै पासमा सरु लिम्बुले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन् । सावित्राको क्रसमा सरुले पेनाल्टी बक्सभित्रबाट गोल गरेकी हुन् ।

लगातार तेस्रो जितपछि ३ खेलबाट ९ अंक जोड्दै एपीएफले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । आर्मी ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ५ अंक जोडेर दोस्रो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि