जेठ ०१, २०८१, मंगलबार
               

टोटेनहम विजयी

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

प्रिमियर लिग क्लब टोटेनहमले शानदार जित दर्ता गरेकाे छ । सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा पुगेको हो ।

खेलको २५ औं मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा तीन गोल गर्दै टोटेनहमले फराकिलो जित निकाल्न सफल भयो । ८६औं मिनेटमा ह्यारी विङ्सले गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए ।

त्यसको एक मिनेटपछि नै टांगी एनडोम्वेले ह्युङ मिन सनको पासमा गोल गर्दै टोटेनहमलाई जिततर्फ अघि बढाए । ९०औं मिनेटमा टांगी एनडोम्वेले पिएरे इमिल होब्जजर्गको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को फराकिलो जित दिलाए ।

अब टोटेनहमले पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।


कस्तो लाग्यो ?

यो पनि