जेठ ०२, २०८१, बुधबार
               

प्रशिक्षक जिदानलाई कोरोना संक्रमण हुँदा क्लबको स्थिति झन् खराब

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण भएकफ छ । जसले गर्दा जिदानको लागि यस साता झन् खराब बनेको छ ।

ला लिगाअन्तर्गत यसै साता खलाभेजविरुद्ध हुने खेलअघिको प्रेस कन्फ्रेन्समा अघि यस समाचार सार्वजनिक भएको स्पानिस अनलाइन मार्काले जनाएको छ । जिदानले प्रेस कन्फ्रेन्समा बोल्ने तय भए पनि पछि भने उपस्थित हुने सकेनन् ।

अब जिदानको असिस्टेन्ट डेभिड बेटोनीले अलाभेज विरुद्धको खेलमा रियलको टिम सम्हाल्नेछन् । साथै त्यसपछि खेलमा पनि बेटोनीले रियलको टिम सम्हाल्नेछन् ।

अलाभेजसँगको खेलपछि रियलले जनवरी ३० मा लेभान्टेसंग, फेब्रुअरी ६ मा हुएस्का र फेब्रुअरी ९ मा गेटाफेसँग खेल्नेछ ।

जिदानको रिकभर र ला लिगाको प्रोटोकल हेरेर जिदान कहिले टिममा फर्कने तय हुने मार्काले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि