बैशाख १३, २०८१, बिहीबार
               

मेस्सीले अझै एक खेल गुमाउने

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

एजेन्सी । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अझै एक खेल खेल्न नपाउने भएका छन् ।

उनले इल्चेविरुद्ध खेल पनि खेल्न पाउने छैनन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्ड पाएपछि मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो ।

एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी खेलाडीलाई अनुहारमा हानेपछि मेस्सीलाई रेफ्रीले रातो कार्ड दिएका थिए ।

मेस्सीले अब बार्सिलोनाले अर्को साता हुने कोपा डेल रेको खेल खेल्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि