जेठ ०२, २०८१, बुधबार
               

एट्लेटिकोको जितमा स्वारेजको दुई गोल

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पुनरागमन जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा दुबै गोल लुइस स्वारेजले गरे ।

घरेलु टोली एइवरका मार्को डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औँ मिनेटमा एइवरले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन ।

४०औँ र ८९औँ मिनेटमा गोल गर्दै स्वारेजले एट्लेटिकोलाई जिताए ।

जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता कायम गरेको छ । एक खेल कम खेलेको एट्लेटिकोको १७ खेलबाट ४४ अंक छ । पराजित एइवर १९ अंकसहित १५औँ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि