बैशाख १८, २०८१, मंगलबार
               

बायर्नकाे जितमा लेवान्डोस्कीको कीर्तिमानी गोल

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले फ्रेइबर्गलाई  पराजित गरेकाे छ । एलिनाज एरेनामा भएको खेलमा घरेलु टोली बायर्नले २-१ गो अन्तरले जित निकालेको हो।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे। खेलको ७ औं मिनेटमै लेवान्डोस्कीले मुलरको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफकाे ६२ औं मिनेटमा मा फ्रेइबर्गका निल्स पिटरसनले गोल गर्दे टिमलाई खेलमा फर्काउन कोशिस गरे । ७४ औं मिनेटमा बायर्नका मुलरले गोल गर्दै जित पक्का गरे  ।

फ्रेइबर्गमाथि गोल गरेका लेवान्डोस्कीकाे गोल किर्तिमानी गोल थियो ।  उनले बुण्डेसलिगामा सुरुवाती १६ खेलमा २१ गोल गर्ने पहिलो खेलाडी बन्दै किर्तिमान बनाएका हुन् ।

जितसँगै शीर्षस्थानको बायर्नले १६ खेलबाट ३६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको आरबी लाइपजिगको समान १६ खेलबाट ३२ अंक छ।


कस्तो लाग्यो ?

यो पनि