इंग्लिस प्रिमियर लिगको अन्तर्गत गएराति भएकाे खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेकाे छ । गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेसलाई ४–० हराएकाे हाे ।
सिटीका लागि खेलको २६ औं मिनेटमा जोन स्टोनिसले गोल गर्दै अग्रता बनाएको थियो। पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो।
दोस्रो हाफकाे खेलकाे ५६ मिनेटमा इल्के गुन्डोआनले गोल गरे । स्टोनिसले ६८ औं मिनेटमा व्यक्तिगत २ तथा टिमकाे लागि ३ गोल गरे। त्यस्तै ८८ औं मिनेटमा साथै खेलकाे ८८ औं मिनेटमा रहिम स्टार्लिङले गोल गर्दै जित सुनिस्चित गरे ।
जितसँगै १७ खेलबाट ३५ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ। गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको होडमा रहेका लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा अंकदुरी घटाउनका लागि सिटीलाई फाइदा पुग्यो।