जेठ ०५, २०८१, शनिबार
               

नेपालले कतारसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फेब्रुअरी अन्तिममा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ । कतारको शीर्ष डिभिजन क्लबहरुसँग मैत्रिपूर्ण खेलको तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ ।

नेपालले क्लबका लागि प्रस्ताव गरेको छ तर,  क्लबको भने केही दिनमा टुङ्गो लाग्नेछ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि अहिले नेपाली टोली बन्द प्रशिक्षणमा व्यस्त छ ।

विश्वकप छनोटको अभ्यासमा रहेको नेपाली टोलीमा अहिले ४४ जना खेलाडी छन् । सुरुमा ५८ जना बोलाइए पनि पहिलो चरणको छनोटबाट १४ जना खेलाडीलाई बिदा गरेसँगै अहिले ४४ जना बाँकी छन् ।

अभ्यासमा व्यस्त नेपाली टोलीले विश्वकप छनोटको छैठौं खेल मार्च २५ चाइनिज ताइपेइसँग खेल्नेछ भने त्यसको ५ दिन पछाडि अर्थात् ३० मार्चमा अस्ट्रेलियाको सामना गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि