जेठ ०९, २०८१, बुधबार
               

ब्रेन्टफोर्डलाई पराजित गर्दै​​​​​​​ टोटनह्याम लिग कपको फाइनलमा

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

टोटनह्याम  ब्रेन्टफोर्डलाई पराजित गरी इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ ।  टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि नजिक पुगको हो । 

सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले ठूला प्रतियोगिता जित्न सकेको छैन् । गएरातिको खेलमा मोउसा सिसोको र सन ह्युङ मिनको गोलपछि टोटन्हाम  उपाधि नजिक पुगेको हो चारवटा प्रिमियर लिग क्लबलाई पराजित गरी पहिलोपल्ट ठूलो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको ब्रेन्टफोर्ड  सेमिफाइनलमा भने २-० ले पराजित हुन पुग्यो ।  

८४ औं मिनेटमा मिलान्डा डी सिल्भाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । टोटनह्यामले उपाधिका लागि दुई म्यानचेस्टरबीच आजराती ओल्ड ट्राफोटमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि