बैशाख २३, २०८१, आइतबार
               

क्लबका सदस्यमा कोरोना भेटिएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित

एजेन्सी
पुस २१, २०७७

ADVERTISEMENT

फुटबल क्लब बार्सिलोनामा कारोना संक्रमित पाइएपछि क्लबले मंगलबारको प्रशिक्षण सत्र स्थगित गरेको छ । 

बार्सिलोनाले ला लिगामा बुधबार एथ्लेटिको बिल्बाओको सामना गर्दैछ तर सबै खेलाडी र स्टाफको कोरोना परीक्षण गर्नका लागि मंगलबार बिहानको प्रशिक्षण सत्र स्थगित गरिएको हो ।

क्लबका दुई सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य सदस्यको समेत कोरोना परीक्षण गर्न लागिएको छ । 

‘सोमबार गरिएको पिसिआर परीक्षणमा सिनियर टोलीको स्टाफका दुई सदस्यको नतिजा पोजेटिभ आएको छ,’ बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय समयअनुसार मंगलबार बिहान सबै टोलीको कोरोना परीक्षण गरिने छ ।’

प्रशिक्षण र पत्रकार सम्मेलनको नयाँ समय आज तोकिने छ ।


कस्तो लाग्यो ?

यो पनि